काठमाडौं मंसिर ३,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २९६ जना कोभिड सङ्क्रमित थपिएको जनाएकोछ । मन्त्रालयका अनुसार ७ हजार ७७७ जनाको पीसीआर परीक्षणको क्रममा २७१ र १ हजार १९५ जनामा एन्टीजेन परीक्षणको क्रममा २५ जनामा सङ्क्रमण देखिएसंगै उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो ।
यसैगरी मन्त्रालयले पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमित कोभिड मुक्त भएको जानकारीदिदै यसवीचमा ५ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ भने देशमा हालसम्म ७ हजार ५३९ जनामा सक्रिय सङ्क्रमण रहेको जनाएको छ ।