काठमाडौँ कार्तिक २८
राष्ट्रिय विभूति एवम् नेपाल संवतको प्रवद्र्धक शङ्खधर साख्वाः स्मृतिमा मनाइदै आएको शङ्खधर दिवसको अवसरमा आज मध्यपुरथिमि नगरपालिका काठमाडौं महानगरपालिकाको सहयोगमा निर्माण भएको शङ्खधर पार्कको उद्घाटन गरिएको छ।
काठमाडौँ महानगरपालिकाको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको रु चार करोडको लागतमा १३ रोपनी क्षेत्रफलमा परम्परागत शैलीमा ढुङ्गेधारा, एमपि थियटरसहित निर्माण भएको पार्कको उद्घाटन काठमाडौं महानगरका प्रमुख विद्या सुन्दर शाक्यले गर्नुभएको हो ।
पार्कको उद्घाटन गर्दै महानगर प्रमुख शाक्यले नेपाल संवत नेवारको मात्र होइन । यो सबै नेपालीको मौलिक संवत् भएको बताउनुभयो । त्यस्तै उहाँले नगर साझेदारी कार्यक्रम अन्र्तगत नेपाल संवत्का प्रवर्तक शंखधर शाख्वाको योगदानलाई चीरस्थायी बनाउन शंखधर शाख्वाको पूर्ण कदको प्रतिमा सहित महानगरको सहयोगमा मध्यपुर थिमीमा निर्माण भएको पार्कको नाम नै शंखधर पार्क नामाकरण गर्न पाउँदाको क्षण आफैमा महत्वपूर्ण रहेको बताउनुभयो ।
आजभन्दा ११४२ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नै सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर शाख्वाःको योगदान सम्मान गर्दै नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमी अर्थात् वि।सं। २०५६ मंसिर ३ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको हो । यो दिनलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिन्छ ।