शुक्रबार, बैशाख ७, २०८१

जुवा खालमा स्वयम्भू प्रहरीको छापा, लाखौ रुपैया सहित २२ जना पक्राउ

काठमाडौं कात्तिक २६,

काठमाडौं महानगरपालिका वडा न १५ चमती बस्ने संजिव देउलाको घरमा तास खेलिरहेको अवस्थामा देउला लगायत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४७ हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, दक्षिणकाली नगरपालिका९९ हुडुस्थित निरज महर्जनको खाजा पसलको टहरामा तास खेलिरहेको अवस्थामा सोही नगरापलिका ५ बस्ने ४५ वर्षीय राजेन्द्र श्रेष्ठ लगायत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८६ हजार ७ सय ४० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाउदै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031