आइतवार, बैशाख ९, २०८१

काठमाडौं काँग्रेस क्षेत्र न.८को सभापति हाँक्ने तयारीमा युवा नेता राजेश

‘राजनितिमा इमान्दारिता विचारमा प्रष्टता’

काठमाडौं मंसिर ५ ,

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र न. ८ को सोमवार हुने क्षेत्रीय अधिवेशनको चहल पहल ह्वात्तै बढेको छ । यस निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिका लागि मुलककको राजनैतिक वृतमा उज्जवल नक्षत्रको प्रारुपमा उदाउँदै मस्तिष्कघातका कारण गत फागुन १४ गते दिवंगत हुन भएका काँग्रेस नेता एवम् पूर्व उद्योगमन्त्री स्व नविन्द्रराज जोशीको राजनितिमा इमान्दारिता विचारमा प्रष्टता भन्ने पदचापलाइ मार्गदर्शन बनाउँदै युवा नेता राजेश श्रेष्ठले उम्मेदवारी दिएका छन ।

क्षेत्रीय सभापतिका उम्मेदवार युवा नेता श्रेष्ठ लामो समय स्व नेता जोशीको समिपिमा रहेर क्रियाशील हुँदै आएका छन । क्षेत्र न. ८को पार्टी  संगठनलाइ सदैव चुस्त र दुरस्त राख्न पर्छ भन्ने मान्यता वोकेका नेता श्रेष्ठले यसअघि मौजुदा कार्य समिति समेत गरि दुइ कार्यकाल सचिवको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै  सुक्ष्म  अनुभव  बटुलेका छन ।

संगठनलाइ चलायमान बनाउँन आवश्यक अनुभव समेटेकै कारण निर्वाचन क्षेत्र अन्र्तगत महानगरको वडा न. १३ , १५ १९ , २० , २३, २४ र नार्गाजुन नगरपालिको वडा न ४ र ५ वडा इकाइ अधिवेशनबाट निर्वाचित वडा सभापति देखि निर्वाचित सवै क्षेत्रीय प्रतिनिधिको रोजाइको उम्मेदवार बन्न सफल भएका छन ।

काठमाडौं निर्वाचन क्षेत्र न. ८ को क्षेत्रीय सभापतिका लागि प्राप्त पछिल्लो जानकारी अनुसार युवा नेता राजेश श्रेष्ठसंगै महाधिवेशन प्रतिनिधी तेवेन्द्र शाक्यको दावी रहेको थाहा भएको छ। करिव १७२ जना क्षेत्रीय प्रतिनिधी मतदाता रहेका क्षेत्रीय निर्वाचनको वस्तुपरक विश्लेषण गर्ने हो भने सभापतिमा युवा नेता श्रेष्ठले वाजी मार्ने प्राय निश्चित रहेको क्षेत्रीय प्रतिनिधिहरुको निष्कर्ष रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031