शनिबार, माघ १५, २०७८

काँग्रेस सरकारले जारी गरेको संविधानको सफल कार्यान्वयननै गणेशमानजी प्रतिको सच्चा श्रद्धाञ्जली : प्रम देउवा

काठमाडौं कात्तिक २४ ,
प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको आन्दोलनका सर्वोच्च कमाण्डर को १०७औँ जन्मजयन्तीको अवसरमा आज राजधानीमा गणेशमान सिंह तथा जन आन्दोलन शहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाइलाइ सम्बोधन गर्दै प्रधानमन्त्री शेरवहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको बताउनुभएको छ । सम्बोधनकै क्रममा उहाँँले दुइ तिहाइको जनमत प्राप्त कम्न्युष्ट सरकारले जनमतको अनादर गरेको बताउदै संविधानको अन्तिम व्याख्या गर्ने ठाउँ भनेको सर्वोच्च अदालत भएको र यसको व्याख्या सबैले मान्नु पर्ने बताउनुभएको छ।

त्यस्तै नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सर्वोच्च कमाण्डर सिंहको १०७औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जन आन्दोलन शहिद स्मृति प्रतिष्ठानले आज राजधानीमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा उहाँले पूर्वराजा प्रति लक्षित हुँदै २०६१मा आफुलाई अक्षमको ट्याग लगाएर प्रधानमन्त्रीबाट हटाएको स्मरण सहित शासननै गर्ने सोच हो भने चुनाव लड्ने विकल्प प्रजातन्त्रमा भएको बताउँदै काँग्रेस नेतृत्वको सरकारले जारी गरेको मुलुकको संविधानको सफल कार्यान्वयन गर्न सकेमात्रै काँग्रेसका संस्थापक नेता एवम् जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमानसिंह प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

त्यस अवसरमा प्रम देउवाले ०६२ ०६३को जन आन्दोल सफल पार्न आम प्राध्यापकहरुको तर्फबाट नेतृत्वदायि भूमिका निवार्ह गर्ने तत्कालीन प्राध्यापक संघको अध्यक्ष प्रा खगेन्द्र प्रसाद भट्टराइलाइ स्वर्ण पदकबाट विभूषित गर्नुभएको थियो ।  प्रतिष्ठानका अध्यक्ष एवं सङ्घीय सांसद भीमसेनदास प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा कांग्रेसका सम्मानीत व्यक्तित्व भट्टराइ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ,काठमाडौं कांग्रेसका पूर्वजिल्ला सभापति तीर्थराम डङ्गोल र प्रा धर्मकान्त बास्तोलाले प्रजातन्त्र स्थापना र पुनस्र्थापनमा गणेशमान सिंहको योगदान आफैमा महत्वपूर्ण रहेको बताउनुभयो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031