बिहिबार, बैशाख ६, २०८१

काँग्रेस केन्द्रीय निर्वाचन संयोजक यादवको राजीनामा स्वीकृत, नयाँ जिम्मेवारीमा घिमिरे

काठमाडौं मंसिर १२,
कांग्रेसको केन्द्रीय महाधिवेशन आउन १२ दिनमात्र बाँकी रहेको अवस्थामा निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले दिएको राजीनामा स्वीकृत भएको छ ।
स्वास्थ्यको कारण देखाउँदै संयोजक यादवले दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको हो । निर्वाचन समिति संयोजक यादवको राजीनामा संगै पार्टी सभापति देउवाले यसअघि समितिका सदस्य रहेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई केन्द्रीय निर्वाचन समिति संयोजकमा मनोनयन गरेका छन् ।

प्राप्त जानकारी अनुसार डडेल्धुरा कांग्रेसको विषयमा निर्वाचन समितिमा फेरि विवाद भएपछि बिहीबार संयोजक यादवले राजीनामा दिएको बुझिएकोछ । डडेल्धुरा कांग्रेसको  जिल्ला अधिवेशनलाई मान्यता दिन नहुने भन्दै जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा छन् । सभापति मल्ल समूहले पार्टी सभापति देउवाको निर्देशनमा निर्वाचन समितिले काम गरेको भन्दै संयोजक यादवविरुद्ध नारावाजी गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031