मङ्लबार, जेष्ठ ३, २०७९

काँग्रेसको प्रदेश अधिवेशन २ दिन पर सार्ने निर्णयसंगै केन्द्रीय महाधिवेशनको कार्यतालिका समेत प्रभावित

काठमाडौं मंसिर १३,
नेपाली काँग्रेसले प्रदेश अधिवेशन २ दिन पर सारेको छ । सोमबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रदेश अधिवेशन सार्ने निर्णय गरे अनुरुप मंसिर १६ र १७ गतेका लागि तोकिएको प्रदेश अधिवेशन मंसिर १८ र १९ गतेका लागि सारेको हो ।

प्रदेश अधिवेशनकोे पूर्व निर्धारित मिति सरेसंगै केन्द्रीय महाधिवेशनका कार्यक्रम समेत प्रभावित भएको छ । यसअघि उम्मेदवारको मनोनयन , मतदाता नामावली प्रकाशनको देखिको प्रक्रिया मंसिर २१ बाट सुरु हुने कार्यतालिका तय भएकोमा अव भने महाधिवेशन उद्घाटनपछि मात्र उम्मेदवारी मनोनयनको कार्यक्रम सुरु हुने भएको छ ।

त्यस्तै केन्द्रीय महाधिवेशन को २४ गते उद्घाटन संगै २५ गते उम्मेदवारी दर्ता ,२५ गतेका लागि तय गरिएको मतदानको कार्यक्रम २६ गते र मत गणना २७ गते सुरु हुने गरि निर्वाचन कार्यतालिका तयहुने बुझिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031