सोमवार, बैशाख ३, २०८१

एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणाका वावजुद पनि ओली सर्वसम्मत चयन हुँदै

बाँकी पदाधिकारीको नाम खल्तीबाट निकालेर पढ्ने र सहभागी सबैले थपडी बजाएर सर्वसम्मत कार्यसमिति चयन गर्ने एमालेको तयारी,  

काठमाडौ मंसिर १२ ,
नेकपा एमालेको चितवनको सौराहामा जारी १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रीय कमिटी आज ११ बजे घोषणा हुने भएको छ । महाधिवेशनको बन्द सत्रले पदाधिकारी तथा केन्द्रीय सदस्य टुङ्गो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीलाई दिएपछि नामावली आजको बन्द सत्रमा सार्वजनिक गर्ने तयारी गरेको हो । शनिबार राति अबेरसम्म चलेको बन्द सत्रले उम्मेदवारको नाम फाइनल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष ओलीलाई दिएको थियो ।

प्राप्त जानकारी अनुसार बन्द सत्रलाइ सम्बोधन गर्दै अध्यक्ष केपी कसैलाइ कुनै पदमा चित्त नबुझे चुनाव गर्ला । नाम पढेर सुनाउँदा सहमति हुनेले ताली बजाउने असहमतिभएमा जुन पदमा असहमति हुन्छ र उम्मेद्बारी हालिन्छ त्यसमा चुनाव हुने बताउनुभयो ।

यसैवीच अध्यक्ष ओलीलाई दिइएको अधिकारको प्रतिवाद गर्दै १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष डा.भीमबहादुर रावलको पर्चा बाँड्न शुरु गरेसंगै रावलको हर्कत प्रति रोक लगाइएको छ । तर रावलले विधान विपरीतका निर्णय अमान्य भएको भन्दै पर्चा बाड्न  थालेपछि रावल र उनका कार्यकर्तालाइ स्वयंसेवकहरुले हलबाट बाहिर पठाइदिएका हुन् ।

स्मरण रहोस आज महाधिवेशनको अन्तिम दिन बन्दसत्रमा अध्यक्ष ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्दै उनले आज आफ्नो खल्तीबाट नाम निकालेर पढ्ने छन् र सहभागी सबैले थपडी बजाएर सर्वसम्मत कार्यसमिति चयन गर्ने तयारी रहेको बुझिएको छ।