नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु
काठमाडौं कात्तिक १६,
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । यसैक्रममा कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको स्मृतिमा मनाइने धन्वन्तरी जयन्तीको विषयमा प्राप्त धार्मिक आख्यान अनुरुप मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको मान्निछ । त्यसो त धन्वंतरीलाई हिन्दू धर्ममा देवताको वैद्य मानिन्छन उनी महान चिकित्सक थिए उनलाई देव पद प्राप्त भएको थियो ।हिन्दू धर्म अनुसार उनी विष्णुको २४ अवतार मध्ये एक अवतारको रुपमा पुजिन्छ ।
त्यस्तै आजको दिन धन्वंतरी एवं आरोग्यता दिवससमेत मनाइने र यस अवसरमा सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रमको आयोजना हुँदै गरेको जानकारी प्राप्त भएको छ ।
यसैवीच त्यस्तै नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बेलुकीबाट यमदीपदान सुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिले जनाएको छ । त्यस्तै कात्तिक १८ गते बिहीबार लक्ष्मी पूजा कात्तिक १९ गते शुक्रबार गाई, गोरु र आत्म ९म्ह० पूजा र कात्तिक २० गते शनिबार भाइटीकाका लागि बिहान ११: ०२ बजे भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ।