बिहिबार, मंसिर २३, २०७८

आज भगवान विष्णुको प्रतीक तुलसीको विशेष पूजाअर्चना गरि हरिबोधिनी एकादशी मनाइदै

काठमाडौँ कार्तिक २९,
आज कार्तिक शुक्लपक्ष अर्थात भगवान् विष्णुको प्रतीकका रूपमा तुलसी एवम् श्री विष्णुको विशेषअर्चना पूजा गरी हरिबोधिनी एकादशी मनाइदै छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी एकादशी भनिएको शास्त्रमा उल्लेख गरिएको छ ।

साथै हरिबोधनी एकादशीका दिन करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ। विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यसैक्रममा उपत्यकाकाको चाँगुनारायण, शेष नारायण, इचँगुनारायण र विशङ्खु नारायणमा विशेष मेला भर्न भक्तजनको घुइचो लागेको हाम्रा सहकर्मीले जनाएको छ ।

यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । त्यस्तै हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारीएको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर फूल मालाले सजाएर तुलसीको पीपलसँग विवाह गरिदिने परम्परा समेत रहिआएको छ। त्यस्तै ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रत गर्दा हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता रहेको पाइन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031