मङ्लबार, चैत्र ६, २०८०

आन्दोलनको घोषणासंगै प्रधानन्यायाधीशलाई जबरालाई राजीनामा दिन नेपाल बारको ५ दिने अल्टिमेटम

काठमाडौं कात्तिक १२ ,
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ । यसअघि नेपाल बारको मंगलबार साँझ सम्पन्न बैठकले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभरका बार इकाई मार्फत आन्दोलन गर्ने घोषणा गरेको थियो ।

त्यस्तै आज बसेको बार कार्यसमितिको बैठकले नेपाल पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुरुप आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गर्ने उक्त कार्यक्रममा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आह्वान समेत गरेको छ ।

त्यस्तै बैठकले प्रधानन्यायाधीशलाई कार्यपालिकामा भाग दिने र न्यायाधीशहरूलाई मानपदवीसमेत दिई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा प्रभाव पार्न खोज्ने सरकार र राजनीतिक दलहरूको कार्यको बारले निन्दा गर्दै आन्दोलनको अवधिभरमा पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने निर्णय समेत गरेको छ।