बुधबार, बैशाख १२, २०८१

काठमाडौं काँग्रेस वडा न. १३ महानगर समितिको चियापान

काठमाडौ असोज २३ ,

वडा दशैँको शुअवसरमा काठमाडौं काँग्रेस वडा न, १३ महानगरसमितिले आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममको आयोजना गरेको छ ।

कार्यक्रमका सहभागीहरुले पार्टीको १४ औ महाधिवेशन केन्द्रीत विषयगत अनौपचारिक छलफल अन्र्तगत आसन्न् काठमाडौं काँग्रेसको क्षेत्रीय , प्रदेश , जिल्ला र केन्द्रीय महाधिवेशनको तयारीका सवालमा संक्षिप्त चर्चा सहितको महत्वपूर्ण चियागफ सहित एक आपसमा वडा दशैँको शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रमममा काठमाडौं काँग्रेसको हालै सम्पन्न महानगर समितिका सभापति निलकाजी शाक्यसंगै पार्टीका विभिन्न तह र तप्काको जिम्मवारीमा रहेको पदाधिकारी, काँग्रेसका शुभेच्छुक संघसंस्थाका प्रतिनिधी, स्थानीय वडाका भद्रभलाद्मी, विभिन्न दलका नेता, काँग्रेस महिला संघका नेत्री र सञ्चारकर्मीको वाक्लो उपस्थिती रहेको महानगर वडा न१३का सभापति सुरेन्द्र मानन्धरले जानकारीदिनुभयो ।