शुक्रबार, चैत्र १६, २०८०

अहिलेको अवस्थामा कांग्रेसलाई जनताले भरोसा गर्छन भन्ने अपेक्षा गर्नु आफैमा निरर्थक : गगन

काठमाडौं असोज १६,
काठमाडौं काँग्रेस महानगर समितिको अधिवेशनको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले अवको निर्वाचनमा कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने बताउँनु भएको छ।

त्यस्तै नेता थापाले आगामी चुनावमा कम्युनिस्ट, मधेसवादी र राप्रपा मिले पनि कांग्रेस एक्लैले बहुमत ल्याउन सक्षम छ तर यसको लागि संगठनको सुद्धिकरण संगै नेतृत्वको भिजन प्रष्ट हुनुपर्ने बताउनुभयो ।

साथै नेता थापाले अहिलेकै अवस्थामा नेपाली कांग्रेसले देशको नेतृत्व गर्न नसक्ने बताएका छन । अहिलेको अवस्थामा रहे नेपाली कांग्रेसलाई जनताले भरोसा गर्छन भन्ने अपेक्षा गर्नु आफैमा निरर्थक हुने बताउँनु भयो ।