शनिबार, बैशाख ८, २०८१

७६० जनामा कोभिड संक्रमण , ११ को मृत्यु

काठमाडौं असोज २३ ,
पछिल्लो २४ घण्टामा ७६० जना कोभिड संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार १६८ पीसीआर र ५ हजार ८६३ जनाको एन्टीजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्ते मन्त्रालयले यसवीचमा देशभरबाट कोभिड मुक्त हुनेको ८९९ जना रहेको जाउदै यो संगै संक्रमण मुक्त हुनेका संख्या ७ लाख ७५ हजार ७२ पुगेको जनाएको छ। साथै ११ जना संक्रमितको मृत्यु भएको र योसंगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको सख्या ११ हजार २२१ पुगेको मन्त्रालयले जनाएको छ।