बुधबार, बैशाख १२, २०८१

२७२ जना कोभिड सङ्क्रमित थपिदै गर्दा ७७७ जना संक्रमणमुक्त

काठमाडौं असोज २९,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा २७२ जना कोभिड सङ्क्रमित थपिएको जनाएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा २ हजार ९२ जनामा गरिएको टीपीसीआर परीक्षणको क्रममा २४० र २ हजार ६२० जनामा गरिएको एन्टीजेन परीक्षणको क्रममा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा ७७७ जना संक्रमित संक्रमणमुक्त भएको जनाउँदै पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिएको छ ।