बिहिबार, बैशाख १३, २०८१

सवारीचालक अनुमति पत्रको नयाँ आवेदन खुल्यो

काठमाडौं कात्तिक ९ ,
यातायात व्यवस्था विभागले आजदेखि सवारीचालक अनुमति पत्रको नयाँ आवेदन खुला गरेको छ । लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको जनाउदै यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्न सकिने जानकारी सहित विभागले सूचना जारी गरेको    हो ।

त्यस्तै यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने तयारी रेको विभागले पछिल्लो समय जारी निषेधाज्ञाका कारण वैशाख १५ गतेदेखि बन्द गरेको नयाँ आवेदन खुलाउन दबाब बढेपछि पुरानो ट्रायल नसकी नयाँ आवेदन खुलाएको हो ।

त्यस्तै यसपटक देखि नयाँ आवेदन दिनेहरुले विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।

नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक/फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।