बिहिबार, बैशाख १३, २०८१

सर्वोच्च , निर्वाचन आयोग र सभामुखको भूमिकाले पार्टी फुटाउन मलजल गर्यो: ओली

काठमाडौं असोज १५ ,
नेकपा एमालेको आजबाट शुरु भएको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै एमाले अध्यक्ष केपी ओलीले एमाले पार्टी फुटाउँन सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखको सहयोग गरेको आरोप लगाउनुभएको छ।

यद्यपी पार्टीलाइ विभाजनको संघारबाट बचाउन आफुले हरसंभव प्रयास गर्दा पनि विभाजन रोक्न नसकेको जिकिर सहित अन्तत जे भो राम्रो भने भन्दै एमालेबाट विभाजित भएर जाने फुटपरस्त र संगठनात्मक अराजकता फैलाउने चरित्र भएको बताउनुभयो ।

५७ पृष्ठको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत एमालेविरुद्ध संगठित प्रहार सुरु भएको बताउनुभयो । त्यस्तै मौजुदा नेकपाको एकता प्रचण्डले तोडेको भन्दै पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत गर्न चाहेको बताउनुभयो ।