मङ्लबार, बैशाख ११, २०८१

सरकारले विपत्तिलगत्तै गरेको निर्णय प्रशंसनीय :कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं कात्तिक ४,
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशमा सिर्जित प्राकृतिक विपत्तिको समयमा दलीय एकता खाँचो औल्याउँनुभएको छ। नेपाल प्रेस युनियन क्षेत्रीय समिति दमकले आज कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सिङ्गो राष्ट्र विपत्तिका कारण आहाल बनेको समयमा विपत्तिकोको सामना गनु हामी सबैको साझा दायित्व भएको भन्दै उहाँले विपत्तिमा दलीय एकता प्रर्दशन गर्दै अघि बढ्नुको विक्लप नभएको भन्दै यस्तो अभिव्यक्ति दिनभएको हो ।

त्यस्तै उहाँले सरकारले विपत्तिलगत्तै गरेको निर्णय प्रशंसनीय भएको चर्चा गर्दै बाढी, पहिराबाट ज्यान गुमाएका तथा उठिबास भएका परिवारलाई पुनःस्थापना गरी राहत दिन सरकारले थप व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै विपत्तिमा परेका किसानलाई थप राहतको प्याकेज ल्याउन सरकारसँग माग गर्नुभयो ।

साथै उहाँले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले दिनुभएको एक साताभित्र वर्तमान सरकार ढाल्ने अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गर्दै पूर्वप्रम ओलीलाइ सरकार ढाल्ने प्रसंग त यस्तै हो यहि सरकारले तीनै तहको निर्वाचन सम्पन्न गर्ने पक्ष प्रति ढुक्क भएर बस्न समेत आग्रह गर्नुभयो ।