शुक्रबार, बैशाख १४, २०८१

श्रोत नखुलेको १५ लाख ५० हजार नेपाली रुपैयाँ सहित ३ जना पक्राउ

कस्तुरीको बिना सहित घले पक्राउ

काठमाडौं असोज १६,
वीरगञ्ज महानगरपालिका(२५ सिर्सियाबाट श्रोत नखुलेको १५ लाख ५० हजार नेपाली रुपैयाँ सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा धोविनी गाउँपालिका-३ हरिहरपुर बस्ने २३ वर्षीय बलिराम पटेल, भारत पूर्वी चम्पारण थाना कंगेली-१ बसतपुर बस्ने २५ वर्षीय बिक्रम पटेल र भारत मोतिहारी थाना पलनवा भेलही बस्ने २९ वर्षीय मुकेश पटेल रहेका छन् । छप्कैया-सिर्सिया नाका हुँदै हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ३ वटा मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा हेल्मेटभित्र लुकाई ल्याएको उक्त श्रोत नखुलेको नगद फेला पारी पक्राउ गरेको हो । उनीहरुबाट ना ६० प ५९९८, ना ४१ प १०४८ र ना६४ प ८३५९ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।उनीहरु उपर बैंक तथा वित्तिय ऐन सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसैवीच त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३(०१(००६ ख ५९९ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा चेकजाँचको क्रममा नागढुङ्गाबाट १९ ग्राम तौल भएको कस्तुरीको बिना सहित नुवाकोट किस्पाङ गाउँपालिका(८ बस्ने ५१ वर्षीय सार्की घलेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चेकजाँच गर्ने क्रममा बसमा सवार घलेलाई उक्त बिना सहित फेला पारी पक्राउ गरेको जनाउदै बरामद कस्तुरीको बिना सहित आवश्यक अनुन्धानको लागि डिभिजन बन कार्यालय हात्तीसासर काठमाडौंमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ