शुक्रबार, बैशाख १४, २०८१

वेमौसी वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

  • भारत, अमेरिका र बेलायका लागि नेपाली राजदूत सिफारिस
  • सेनाका प्रधानसेनापति प्रभुराम शर्मा कात्तिक २३ गते भारत भ्रमणमा जाने
  • संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस

काठमाडौं कात्तिक ११,
आज बसेको मन्त्रिपरिषद् बैठकले अविरल वेमौसी वर्षाका आएको बाढी पहिरो र दुवानका कारण धानवालीमा परेको क्षतिका बेहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ ।तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो ।

बैठक पछि सरकारका प्रवक्ता एवम सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार बढीमा १० कट्ठासम्म वा सो बराबरको जग्गामा लगाएको धानको पूर्ण क्षति बेहोरेका किसानलाई क्षतिको अधिकतम ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले मध्यम किसान [१० कठ्ठादेखि तीन बिघा वा सो बराबरको जग्गा] मा क्षति बेहोरेका किसानलाई ३० प्रतिशत र तीन बिघाभन्दा बढी वा आंशिक क्षति भएकाको हकमा अधिकतम २० प्रतिशत राहत दिने निर्णय भएको जानकारी दिनुभयो ।साथै बैठकले प्राकृति विपत् बाढीपहिरोमा परि मृत्यु भएका र बेपत्ता नागरिकका परिवारलाई दुई लाख दिने निर्णय भएको जानकारी समेत दिनुभयो ।

त्यस्तै बैठकले भारत, अमेरिका र बेलायका लागि नेपाली राजदूतमाक्रमस डा.शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस भएको जानकारी दिनुभयो ।

यसैगरी नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाइ गर्ने मानार्थ महारथीको सम्मान ग्रहणको लागि भारत भ्रमणमा जान स्वीकृती दिएको छ। प्रधानसेनापति शर्मा कात्तिक २३ २६ कात्तिक २३ गते भारत जाने कार्यक्रम रहेको छ भने नेपाली सेनाका उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय समेत आजको बैठकले गरेको छ।

साथै आजको मन्त्रिपरिषद्को बैठकले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्यका लागि संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।