शनिबार, बैशाख ८, २०८१

विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिको महासम्मेलन मंसिरमा

काठमाडौंअसोज १७,
विश्वभर छरिएर रहेका हिन्दू ओमकार परिवारको छाता संस्था विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिको महासम्मेलन आगामी मंसिर २६, २७ र २८ गते हुने भएको छ।

विश्व हिन्दु महासंघका अध्यक्ष चक्रबन्धु अर्याल र महासचिव अस्मिता भण्डारीको सयुक्त हस्ताक्षरमा आज जारी विज्ञप्तिमा उल्लेखभए अनुसार महासम्मेलन सनातन धर्मका शंकराचार्य ओमकार परिवारका धर्मगुरु संघको शाखा उपशाखा विस्तार रहेको विभिन्न देशका सन्त, महन्त्, इकाइका प्रतिनिधीहरु विभिन्न धार्मिक संघसंस्थाका अभियन्ताहरु ओमकार परिवारका अनुयायी संगै पिठाधिस, योगी, सन्यासी र विद्धवानहरुको उपस्थिती रहने बताइएको छ ।

आजभन्दा ४ दशक अघि स्थापित विश्व हिन्दु महासंघ अन्तराष्ट्रियले विगत लामो समय देखि मुलुकमा लादिएके धर्म निरपेक्षाता विरुद्ध आवाज बुलन्द गर्दै विभिन अभियान अरु सञ्चालन गर्दै आइरहेको छ।