बिहिबार, बैशाख १३, २०८१

विवेकशील साझाको वटम लाइन: सङ्घीयता खारेजीसंगै धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रह

काठमाडौं कात्तिक ११,
विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज ‘मार्ग परिवर्तनःविचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णय लाई दुईतिहाइभन्दा बढी मतले पारित गरेको छ ।

पारित दस्तावेजमा स्थानीय तहलाई पुनःर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग गरिएको पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधानसंगै पार्टीलाई अब तुरून्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।