शनिबार, बैशाख ८, २०८१

वडा वडादशैँको चौथौंँ दिन देवी कुष्मांडाको पूजा आराधना गरी मनाइदै

काठमाडौं असोज २४ ,
आज वडा दशैँको चौथौंँ दिन नव दुर्गामध्येकी चौथौंँ देवी कुष्मांडाको पूजा आराधना गरी मनाइदै छ। दुर्गा पक्षमा महाकाली, महालक्ष्मी,महासरस्वती सहित नवदुर्गाको पूजा, आराधना गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

धार्मिक मान्यता अनुसार आजको दिन देवी कुशमन्डाको पूजा आराधनागर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने कालागि उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ ।