मङ्लबार, बैशाख ११, २०८१

राष्ट्रिय योजना आयोग र दायित्ववीच ५ बुँदे सम्झौता

काठमाडौंअसोज २५ ,
राष्ट्रिय योजना आयोग र अद्यमशिल नेपाल निर्माणको लागि क्रियाशील संस्था दायित्ववीच ५ बुँदे सम्झौता भएको छ ।

प्रस्तुत ५ बुँदे सम्झौता मुताविक अनुसन्धानमा सहकार्य , तथ्यमा आधारित नितिगत पैरवी , उद्यमशिलता र रोजगारीको प्रवद्धन , ने्तृत्व तथा व्यवस्थापन प्रशिक्षणलाइ  साझा विषयगत एजेन्दा बनाइएको छ । योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलको रोहवरमा आयोगका सचिव केवल प्रसाद भण्डारीको उपस्थितीमा कार्यक्रम निर्देशक डा.दिवाकर लुइटेल र दायित्वको तर्फबाट डा पुकार मल्लले हस्ताक्षर गर्नुभएको हो ।

त्यस्तै सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा आयोगका उपाध्यक्ष डा पौडेलले सहकार्यको मुख्य पाटो भनेको आपसी सम्मान भएको बताउनुभयो । त्यस्तै उहाँँले सहकार्यको माध्यमबाटनै एक अर्काको शक्तिको पहिचान गर्दै क्रियाशील हुँदै गर्दा नव प्रवर्तनको नयाँ आयामको मार्ग प्रसस्त हुने बताउनुभयो । त्यस्तै दायित्वका कार्यकारी निर्देशक डा.मल्लले सरकार र समुदायको सहकार्यबाट समृद्धि प्राप्तिको बलियो आधार तयार भएको बताउनुभयो ।

स्मरण रहोस आयोग दायित्वको वीचको सहकार्यको परिणा स्वरुप दायित्व नेपाल सार्वजनिक फेलोसिपकार्यक्रम २०२१ अन्र्तगत अमेरीकाको एरिजोन स्टेट विश्वविद्यालयमा पिचडि गरिरहेको नेपाली युवा अनुसन्धानकर्मी तमासी गुरुङ्गले योजना आयोगका लागि अनुसन्धान गरिरहेको छन ।