शुक्रबार, बैशाख १४, २०८१

योगदान साकोसको २० औं बार्षिक साधारणसभा सम्पन्न

भक्तपुर असोज २४,

भक्तपुरको तौलाछें ९ स्थित योगदान बचत तथा ऋण सहकारी संस्था लि को २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । एकको लागि सबै, सबैको लागि योगदान भन्ने मुल नाराका साथ स्थापित यस सहकारीका अध्यक्ष राज्यश्वरी प्रजापतिको सभापतित्व एवम् संस्थापक अध्यक्ष राम चन्द्र प्रजापतिको प्रमसख आतिथ्यतामा सम्न्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी प्रजापतिले सहकारी संस्था समुदायमा सहकारी संस्थाको माध्यमले आर्थिक सामाजिक सास्कृतिक रुपमा समाज बिकासमा अग्रनी भुमिका रहेको बताउनुभयो । त्यस्तै उहााले सहकारीको सिद्धान्त मर्म र भावना अनुसार सदस्यहरुको सदैब सेवा सुविधा आर्थिक पारदर्शिताको मार्ग लाग्न सकोस भन्ने शुभकामना समेत दिनुभयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष राधेलक्ष्मी लाखाजु,ऋण अधिकृत सरस्वती प्रजापति , सचिव कान्छी विति प्रजापति कोषाध्यक्ष आरती वासीले आआफ्नो जिम्मेवारीमा रहेको प्रस्तुत पारित गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।