शनिबार, बैशाख ८, २०८१

म.प.बैठक:बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न गृह सचिवको संयोजकत्वमा कार्यदल गठन

  • नेवानीका कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त
  • पुर्नबिमा कम्पनीको सञ्चालक अध्यक्षमा डा रविन्द्र घिमिरे नियुक्त
  • नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दर रेटमा १५ प्रतिशत वृद्धि

काठमाडौं कात्तिक ८,
मन्त्रीपरिषदको आज बसेको बैठकले बेमौसमी वर्षासँगै आएको बाढी र डुबानबाट धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान् प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरु सदस्य रहेको कार्यदल गठन गरेको छ । गठित कार्यदललाइ ३ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएकोछ ।

त्यस्तै बैठकको निर्णय जानकारी दिदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेवानीका कार्यकारी अध्यक्ष शुशिल घिमिरेले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ कार्यकारीमा युवराज अधिकारीलाइ नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाल पुर्नबिमा कम्पनीको सञ्चालक अध्यक्षमा डा रविन्द्र घिमिरे संगै सदस्यमा मदन पोखरेललाइ नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दर रेटमा १५ प्रतिशत वृद्धि गरेको छ भने कोभिड प्रभावित विपन् परिवारलाइ नगद सहयोग उपल्बध गराउने कार्य विधि समेत स्वीकृत गरिएको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।