शुक्रबार, बैशाख ७, २०८१

मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना न्यून, आजै बिपक्षी गठबन्धनको नयाँ सरकार बन्ने

काठमाडौं असोज २४ ,
बागमती प्रदेश सभाको आज अपराह्न ३ बजे बस्ने नवौ अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ। भाद्र २ गते एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्यले आज विश्वासको मत लिन लागेको हो । यद्यपी मुख्यमन्त्री शाक्यले प्रदेशसभामा रहेको गणितीय आंकडा अनुसार विश्वासको मत मत पाउने सम्भावना न्यून रहेको छ ।

मुख्यमन्त्री शाक्यलाइ आफु नेतृत्वको सरकार जोगाउन ५५ जना सासंदको समर्थन आवश्यक रहन्छ । तर एमाले विभाजन पछि शाक्यको पक्षमा ४३ जना मात्र सांसद रहेका कारण मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार स्वभाविक रुपमा गिर्ने भएको छ। १०९ जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा कांग्रेसका २३, माओवादी केन्द्रको २२ र नेकपा एकीकृत समाजवादीका १३ जना सांसद सहित गठबन्धनसँग बहुमत देखिएको छ।

त्यस्तै बिपक्षी गठबन्धनले बागमती प्रदेशमा शाक्य नेतृत्वको सरकार गिरेसंगै नयाँ सरकार बनाउने तयारी समेत अघि बढाएका छन्। एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई विपक्षी गठबन्धले मुख्यमन्त्री बनाउने सहमति यसअघिनै भइसकेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930