शनिबार, बैशाख ८, २०८१

महासचिव वैद्यको स्वास्थ्य अवस्था बुझ्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नर्भिकमा

काठमाडौं कार्तिक १,
स्वास्थ्यमा समस्या आएसंगै सोको उपचारका लागि राजधानीको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्था बुझ्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नर्भिक अस्पताल पुगेका छन ।

अस्पताल पुगेर उहाँले अस्थामाको बिरामी वैद्यको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको हो । त्यसक्रममा नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए।

अस्पताल भर्ना हुनु पूर्व केही दिनदेखि उनी घरमै अक्सिजनको सहायतामा उपचाररत रहेको पारिवारिक स्रोतले जनाएको छ।