शुक्रबार, चैत्र १६, २०८०

मंसिरमै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यक्रम अगाडि बढाउन केन्द्रीय निर्वाचन समितिलाइ निर्देशन

काठमाडौं कात्तिक ९ ,
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जारी रहेको नेपाली काँग्रेसको चौधौं महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुरुप मङ्सिर महिना भित्रै सम्पन्न हुने बताउनुभएकोछ ।

प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले आज भएको पार्टीको पदाधिकारी र केन्द्रीय निर्वाचन समितिबीच भएको बैठकमा मंसिरमै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यक्रमहरु अगाडि बढाउन निर्देशन दिदै यस्तो अभिव्यक्ति दिनुभएको हो ।

त्यस्ते उहाँले एकाध दिन यता उता होला तर समयमा नै महाधिवेशन सम्पन्न हुनुपर्ने विषय आफु अडिग रहेको जनाउ सहित यसवीचमा सिर्जित अनेकन हहल्लका पछाडि नलागी नियमति कार्य सम्पादन गर्न समेत निर्वाचन समितिलाइ निर्देशन दिनुभएको छ ।