शनिबार, बैशाख ८, २०८१

बाल साथी…. 

काठमाडौं कात्तिक १४,

ऊ मेरो बालपनको साथी !
अरूहरू भन्दा धेरै जाती ! !

सधै निस्वार्थ मायाँ गर्थ्यी !
मनभरि मायाँ गरि बस्थी ! !

एकहोरो निस्वार्थ मायाँ गर्थी !
हेर लजाएर ऊ भन्न डराउथी ! !

आँखा घुमाएर पटक पटक हेर्थी !
मलाई उस्ले सधै पवित्र मायाँ गर्थि ! !

सधै मेरो राम्रो र प्रगति चाहन्थी !
मन मनै उस्ले शुभकामना दिन्थी ! !

म पनि उस्को राम्रो प्रगति चाहन्थे !
मनमनै उस्लाई शुभकामना दिन्थे !

उसको उन्नति प्रगतीमा खुशी हुन्थे !
म उस्लाई एक असल साथी मान्थे ! !

मेरो प्रगतिमा ऊ दिलै देखि खुशी हुन्थी !
त्यसैले ऊ मेरो एक असल बाल साथी ! !