बुधबार, बैशाख १२, २०८१

फेरी बढ्यो संक्रमित : पछिल्लो २४ घण्टामा ६६६ जनामा कोभिड संक्रमण पुष्टि , ११ को मृत्यु

काठमाडौं कात्तिक ९ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६६६ जनामा कोभिड भाइरस संक्रमण पुष्टि भएको जनाएकोछ । मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी कुल
६६६ जनामा संक्रमण देखिएको हो । यस्तै यसवीचमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना उपचारपछि डिस्चार्ज भएको जानकारी समेत मन्त्रालयले दिएको छ।

आज थपिएका संक्रमितसंगै नेपालमा संक्रमितको कुल संख्या ८ लाख १० हजार २९८ पुगेको छ भने संक्रमणका कारण मृत्‍यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ त्यस्तै सक्रमण मुक्त हुनेको सख्या ७ लाख ८८ हजार ६३० जना रहेको छ ।

साथै मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेको यसमध्ये २५२ जना आईसीयू र ८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।