मङ्लबार, बैशाख ११, २०८१

प्रशासन र जग्गा अतिक्रमणकारी वीच झडपभएसंगै मोतिपुर औद्योगिक क्षेत्र तनावग्रस्त, कफ्र्यू आदेश जारी

काठमाडौं असोज २४ ,
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र तथा वरिपरीको भूभागमा आईतबार साँझ ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ।

जारी आदेशमा कफ्र्यू लगाएको क्षेत्रमा पूर्वमा तिनाउ नदी बुटवल उपमनपा १७ शिवनगरदेखि वडा नंं १८ को सौरहिया पुलसम्म, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन बुटवल १७, उत्तर शिवनगर रानीगञ्ज बस्ती बुटवल १७ र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ औद्योगिक कोरिडोरको क्षेत्र रहेको उल्लेख गरिएको छ ।

यसअघि बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्ने समूहलाई हटाउन खोज्दा शुरु भएको झडपसंगै त्यहाँको स्थिती ताव ग्रस्त भएको छ। स्थितीलाइ नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोलीले अतिक्रमणकारीतर्फका ५ जना घाइते भएको र उनिहरुको घाइतेहरूको बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।