मङ्लबार, बैशाख ११, २०८१

प्रमुख प्रतिपक्षी नेकपा एमालेको ३ दिने विधान महाधिवेशन आज देखि शुरु हुँदै

काठमाडौं असोज १५,

प्रमुख प्रतिपक्षीदल प्रमुख प्रतिपक्षी नेकपा एमालेको विधान महाधिवेशन आज देखि शुरु हुँदैछ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमनसंगै पार्टी विभाजनपछि पहिलो पटक हुन लागेको एमालेको विधान महाधिवेशनको जानकारी दिन विहिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज दिउँसो १२स्१५ बजे ललितपुरस्थित सनराइज हलमा हुने प्रस्तुत महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गर्नेछन् ।त्यस्तै उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्ने जानकारी दिइएको छ ।

त्यस्तै उद्घाटन सत्रपछि ३ वटा प्रस्ताव पेश गरिने र दोस्रो दिन प्रस्तुत प्रस्ताव उपर समूहगत छलफल त्यस्तै १७ गते समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन गर्ने तयारी रहेको बताइएकोछ ।

साथै ३ दिने विधान महाधिवेशनमा ६ हजार प्रतिनिधिको उपस्थितिसंगै आगामी मंसिर दोस्रो हप्ताका लागि नेतृत्व चयनका लागि तय गरिएको पार्टीको १०औ राष्ट्रिय महाधिवेशनको पूर्व तयारी समेत गर्ने यसको लागि बन्दसत्रमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने भएको छ ।

त्यस्तै पहिलो पटक एमालेले संगठनमा उमेर हठबन्दी लगाउँदै नेतृत्वमा ७० वर्षे उमेरहदलाई निरन्तरता दिने, प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने, पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने, फरक मतलाई सकेसम्म राजनीतिक र साङ्गठानिक प्रतिवेदनमा  विभाजन रोक्ने लगायतको कार्ययोजना तय गरिएको जनाएको छ।