बुधबार, बैशाख १२, २०८१

प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवाद चरम उत्कर्षमा ,सर्वोच्चका सवै इजलास अवरुद्ध  

प्रन्या जबराको राजीनामा पछि मात्र विवाद निरुपण हुने एकमात्र निष्कर्ष

काठमाडौं कात्तिक ९ ,
पछिल्लो समय मन्त्री परिषदमा सर्वोच्चका प्रधानन्यायाधीशले भाग खोजेको चर्चा संगै चुलिएको र प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादचरमउत्कर्षमा उपेको छ । यहि विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन ।

स्मरण रहोस सर्वोच्च अदालतका न्यायाधीशले सोमबारदेखि प्रधानन्यायाधीशले तोकेको इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश न्यायाधीशको विवादका कारण दुई दिनदेखि सर्वोच्च अदालतबाट मुद्दाको सुनुवाइ रोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबारका लागि ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा सिर्जित विवादका कारण कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेनन ।

एक पछि अर्को गर्दै चुलिदै आएको न्यायालयको विवाद प्रधानन्यायाधीश जबराको राजीनामा मुखरित हुन थालेको अवस्था छ। तर प्रधानन्यायाधीश जबराले आफूले सडकमा माग गरिएको भरमा राजीनामा नदिने अठामा रहनु भएके छ ।

हुन त यसवीचमा प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीशहरुवीच संवाद नभएके भने होइन । तर त्यो छलफल समेत प्रधानन्यायाधीश जबराको राजीनामानै केन्द्रीत भएका कारण स्थिती थप जटिल बनेको हो । यद्यपी यहि विषयगत एजेन्दामा छलफल गर्नका लागि भन्दै बुधबार न्यायाधीशहरुले साढे ११ बजे छलफल आव्हान गरिएको बुझिएको छ।

यसैवीच नेपाल बार एशोसियशनको सल्लाहकार समितिले आज बसेकोबैठकले समेत प्रधानन्याधीशको राजीना वाहेक अरु विक्लप नभएको निष्कर्षको पहिचान गरेको छ ।  त्यस्तै बैठकले यदि प्रन्याले सहजरुपमा राजीनामा नदिए देशव्यापीरुपमा आन्दोलनको घोषण्ण गर्नुको विक्ल्प नभएको डहर सहित तत्काल यस विषयमा बारको कार्य समितिको बैठकले निर्णय गर्नुपर्ने सुझाव दिएको थाहा भएको छ।