मङ्लबार, बैशाख ११, २०८१

प्रदेशसभा बैठक कात्तिक १० गतेसम्मलाई स्थगित , १० गतेको बैठकले मुख्यमन्त्रीको छिनोफानो गर्ने

मुख्यमन्त्री शाक्यलाई राजीनामा दिदै नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न चार दलीय गठबन्धनका नेताहरुको आग्रह

काठमाडौं कात्तिक ४,
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन गरेको प्रस्तावमाथि मतदान नगरी बागमती प्रदेशसभा बैठक कात्तिक १० गतेसम्मलाई स्थगित गरिएको छ। यसअघि दिउँसो १ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक अपरान्ह ३ बजेका लागि सार्दै सवा ४ बजे शुरु भएसंगै सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न समय दिएका हुन । त्यसलगत्तै मुख्यमन्त्री शाक्यले सम्बोधन संगै विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुनुको अलावा बैठकमा सबै दलका नेताहरुले आ आफ्नो धारणा राख्नु भएको थियो । त्यसलगत्तै आगामी कात्तिक १० गतेसम्मलाई बैठक स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभएयो ।

स्मरण रहोस, एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेपछि शाक्य अल्पमतमा छिन्। उनको विपक्षमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीसहित उभिएका छन्।

विपक्षी चार दलीय गठबन्धनका नेताहरु क्रमस माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका सांसद प्रेमबहादुर तामाङले आफ्नो धारणा राख्ने क्रममा मुख्यमन्त्री शाक्यलाई राजीनामा दिदै नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

त्यस्तै आगामी १० गते बस्ने प्रदेश सभा बैठकले मुख्यमन्त्रीको छिनोफानो गर्दै नयाँ मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको समर्थन पाएर समाजवादी दलका नेता राजेन्द्र पाण्डे लाई मुख्यमन्त्री बनाउन आफूहरुले समर्थन दिइसकेको जानकारी दुवै दलका नेताले संसदलाइ दिएका छन ।