शुक्रबार, चैत्र १६, २०८०

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन : नेविसङ्घ

काठमाडौं कात्तिक १४,
सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगडन नेपाल विद्यार्थी सङ्घले पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी नेपालीहरुको दास्रो ठूलो चाड चाड तिहार नजिकिएको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप असहज हुने भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्नुभएको हो ।

त्यस्तै विप्तिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत मूल्यवृद्धि हुने अवस्था सिर्जना भएकाले मूल्यवृद्धिको निर्णयप्रति खेद खारेजीको विकल्प नभएको जनाउ सहित एकातर्फ कोभिड महामारीका कारण थिलथिलिएको नेपाली जनजीवनमा इन्धनको मूल्य वृद्धिले थप असहजता सिर्जना गरेको उल्लेख गरिएको छ।

साथै सङ्घले नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्न सरकासँग माग गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए नेविसङ्घले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।