शुक्रबार, चैत्र १६, २०८०

पछिल्लो २४ घण्टामा ५४५ जना कोभिड संक्रमितको पहिचान, ८ जना संक्रमितको मृत्यु

काठमाडौं उपत्यकामा २१४ जना संक्रमित थपिए

काठमाडौं कात्तिक ४,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५४५ जना कोभिड संक्रमितको पहिचान भएको जनाएके छ । देशभर गरिएको ६ हजार ५८६ पीसीआर र १ हजार ९६३ जनाको एन्टीजेन परीक्षणको क्रममा ५४५ जनामा संक्रमण पुष्टि भएको हो । आज पहिचान भएका संक्रमितसंगै कुल विरामीको सख्या ८ लाख ७ हजार ५२२ पुगेको छ।

त्यस्तै आज ७२६ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको र यो सँगै देशभर कोभिड मुक्त हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको जनाएको छ। साथै प्राप्त पछिल्लो डेटा अनुसार यसवीचमा ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरि ११ हजार ३१५ सक्रिय संक्रमित मध्ये २८८ जना आइसीयू र ९८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। ज्ञात रहोस अहिलेसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ।

यसैवीच आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा २१४ जना रहेको मन्त्तालयले जनाएको छ।मन्त्रालयका अनुसार यसमध्ये काठमाडौंका सबैभन्दा बढी १४७ जना रहेका छन् भने भक्तपुरमा १६ र ललितपुरमा ५१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।