शुक्रबार, चैत्र १६, २०८०

न्यून गुणस्तरको उत्पादन निमोसुलाइड ट्याब्लेट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं कात्तिक ६,
नेपाली औषधि बजारमा बजारमा बिक्रि हुँदै आएको भारतीय कम्पनी अल्केम ल्याब्रोटरिज लिमिटेडको उत्पादन १०० एमजी दुखाइ कम गर्ने निमोसुलाइड ट्याब्लेट न्यून गुणस्तरको फेला परेको छ।

औषधि जगतका नियमक निकाय औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणको क्रममा उक्त औषधि अल्केमको पाइरामाइड [निमोसुलाइड ट्याब्लेट १०० एमजी]नामको औषधि न्यून गुणस्तरको फेला परेको हो।

निमोसुलाइड ट्याब्लेट १०० एमजीको १९१३००७० ब्याच नम्बरका औषधि न्यून गुणस्तरको फेला परेपछि विभागले ती सबै औषधि फिर्ता गर्न भनेको छ। साथै विभागले नेपालका लागि आधिकारिक विक्रेता रहेको बालाजी मेडिसिन कम्पनीलाइ उक्त औषधि तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।