शनिबार, बैशाख ८, २०८१

नेविप्रा र इन्टरनेट तथा केबल टेलिभिजनवीच पोल भाडाको बक्यौता प्रकरण सुल्झेसंगै तार काट्ने अभियान रोक्यो

काठमाडौँ असोज १८,
नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकवीच पोल भाडाबापतको बक्यौता असुल प्रकरणका सिर्जित समस्या समाधान भएको छ ।
यसअघि प्राधिकरणले भाडाबापतको बक्यौता असुलको लागि शनिवारबाट प्राधिकरणको पोल मार्फत लगिएको इन्टरनेट तथा केबल टेलिभिजनको तार काट्ने अभियान शुरु गरेसंगै प्राधिकरणको प्रस्तुत अभियानबाट सेवा प्रदायक कम्पनी भन्दा पनि प्रयोगकर्ता मारमा परेको भन्दै चौतर्फी विरोत्र शुरु भएको थियो ।

त्यसपछि आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा मन्त्रालयमा बसेको सरोकारवाला प्राधिकरणवीचको बैठकले अबदेखि तार नकाट्ने र पोल भाडासँग सम्बन्धित विषयलाई छलफल पछि तार काट्नु गलत हो भन्ने विषयमा दुवै निकाय सहमत हुँदै तार काम बन्द गर्ने सहमति भएको हो ।

प्राप्त जानकारी अनुसार आइतबारको बैठकले पोल भाडाका सन्दर्भमा नयाँ व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा सिफारिस समितिसमेत गठन गर्ने निर्णय सहित आइतबारकै बैठकले तत्काल सेवा प्रदायकहरूले विद्युत् प्राधिकरणसँग पोल भाडाका लागि सम्झौता गर्ने सहमति समेत गरेको बुझिएको छ।