शुक्रबार, बैशाख ७, २०८१

नेपालले पहिलो पटक साफ फाइनलमा भारतसंग प्रतिस्पर्धा गर्दै

काठमाडौ असोज ३०,
दक्षिण एसियाली साफ फुटबल प्रतियोगिताको फाइनल खेल नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । माल्दिभ्सको राजधानी मालेमा भइरहेको प्रस्तुत खेलमा नेपालले पहिलो पटक नेपाल फाइनल खेल्दैछ ।  ७ औं पटक प्रतियोगिताको उपाधी जितिसकेको भारतसंगको आजको महत्वपूणृ खेल नेपाली समय अनुसार राति पौने ९ बजे हुने भएको छ।

भारतले गत बुधबार भएको भएको आफ्नो समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो भने नेपालले सात अंकसहित दोश्रो भएर फाइनलमा प्रवेश पाएको हो । यसअघि पहिलो दुई खेलमा बंगलादेश र श्रीलंकासँग समान १ /१ अंक बाँडेको भारतले नेपाललाई एक गोल गरेर ३ अंक जोडेको थियो । अन्तिम खेलमा माल्दिभ्सलाई हराउँदै तीन अंकसहित ८ अंक प्राप्त गरेको थियो ।

त्यस्तै नेपालले पहिलो खेलमा माल्दिभ्सलाई एक गोलको अन्तरमा जित हात पार्दै ३ अंक र श्रीलंकासंगको खेलमा अको जित हात पार्दै थप ३ अंक जोडेको थियो । त्यस्तै पछिल्लो समय गत बुधबार भएको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै थप १ अअंक सहित कुल ७ अंक प्राप्त गरेको गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।