शुक्रबार, चैत्र १६, २०८०

नेपालमा बढ्दो मनसुनको प्रभाव, देशका धेरै भू–भागमा बदलीसहितको वर्षा

काठमाडौँ असोज १७,
जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुनको समयावधि सकिए पनि अझै केही समय मनसुन कायम रहने सम्भावना प्रवल रहेको जनाएको छ । अक्टोबर २ सम्म मनसुन बाहिरिने भए पनि नेपालमा अझै पनि मनसुनको पूर्वीय वायु नै सक्रिय रहेसंगै यसको प्रभाव कामय रहेको र देशका धेरै भू–भागमा बदलीसहित वर्षा भइरहेको जनाएको हो ।

यसअघि विभागले यसै वर्षदेखि मनसुन बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढेर अक्टोबर २ सम्म तय गरेको होे । यो अवधिको मिति अबको ३० वर्षसम्म कायम रहनेछ । मनसुन सुरु हुने मिति पनि एक दिन पछाडि सरेर जुन १० बाट ११ जुन तय गरिएको छ ।

 त्यस्तै जवसम्म पश्चिमी वायु सक्रिय हुँदैन तव सम्म यस्तै स्थिती कायम रहने जनाउदै पश्चिमी वायुको गतिले पूर्वीय वायु विस्थापित गरेर आकाशमा पश्चिमी वायुको प्रभाव बढेपछि मात्र मनसुन नेपालबाट बाहिरिने मौसमी प्रवृत्ति रहँदै आएको जानकारी दिएको छ ।