बुधबार, बैशाख १२, २०८१

नेपालमा थप ५४९ जनामा कोभिड संक्रमण पुष्टि, ६को मृत्यु

काठमाडौं कात्तिक १२ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टाभित्र नेपालमा थप ५४९ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।

देशभरका प्रयोगशालाहरुमा पीसीआर परीक्षणको क्रममा ४९० र एन्टिजेन विधिबाट गरिएको परीक्षण्को क्रममा ५९ संक्रमितको पहिचान भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै मन्त्रालयले ५६९ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको जनाएकोछ । साथै यसवीचमा संक्रमणका कारण छ जनाको मृत्यु भएको मन्त्रालयले जानकारीदिएको छ ।