बिहिबार, चैत्र १५, २०८०

नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

काठमाडौं असोज १६,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८६७ जना कोभिड संक्रमित थपिएको जनाएको छ । देशभर गरिएको ५ हजार ५९८ पीसीआर र २ हजार ६२१ जनाको एन्टीजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो ।

मन्त्रालयका अनुसार आज पहिचान भएका संक्रमित संगै नेपालमाकुल संक्रमितको संख्या ७ लाख ९६ हजार ६१८ पुगेको छ भने यसवीचमा १ हजार १२३ जना संक्रमित निको भएसंगै देशभर कोभिड मुक्त हुनेको संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ। साथै प्राप्त पछिल्लो डेटा अनुसार देशभर १७ हजार ६४२ जनामा सक्रिय संक्रमण रहेको जनाउनुको यसमध्ये ३५० जनाको आइसीयू र ११२ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै वितेको २४ घण्टामा ९ जना संक्रमितको मृत्यु पुष्टि भएको र यो संगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ।