शुक्रबार, बैशाख १४, २०८१

नुवाकोटबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना १ को मृत्यु, ३६ जना घाइते

काठमाडौं कार्तिक १,
किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौँ आउने क्रममा रहेको बा४ख ५७६२ नम्बरको यात्रुवहाक बस नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा किस्पाङ गाउँपालिका९५ घर भएका ३३ वर्षीय रमेश तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुली हुँदै ग्राण्डी अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै दुर्घटनामा घाइते भएका अन्य ३६ जनामध्ये २८ जनाको जिल्ला अस्पताल त्रिशुली, १ जनाको ग्राण्डी अस्पताल काठमाडौं र ७ जनालाई ग्राण्डी अस्पताल हुँदै थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएको जनाउदै प्रहरीले जनाएको छ ।

क्षमता भन्दा बढि अर्थात छतमासमेत यात्रु राखिएको उक्त बस अनियन्त्रित भई नालीमा पल्टीएर आइतबार बिहान दुर्घटना भएको र दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले घाइतेहरुको उद्दार गर्नुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएके छ ।