बिहिबार, बैशाख १३, २०८१

देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी : नेता सिंह

काठमाडौं कात्तिक १४,
नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिको पदस्थापन कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताउनुभएको छ ।

त्यस्तै उहाँले देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी रहेको बताउदै यसको लागि आफुले आसन्न १४औं महाधिवेशनका लागि केन्द्रीय सभापतिको उम्मेदारी घोषणा गरेको भन्दै आफूलाई सबै कार्यकर्ताले साथ दिन समेत आग्रह गर्नु भएको छ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले केपी ओली सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा न्यायलयमा अहिलेको अवस्था सिर्जना भएको भन्दै उहाँले अदालतलगायत अन्य निकायमा संविधानको भावना विपरीत गरिएको राजनीतिक नियुक्तिका कारण अराजकता मौलाउँदे आएको बताउनुभयो ।