शुक्रबार, चैत्र १६, २०८०

देशभर ५६५ सङ्क्रमित थपिदै गर्दा ८७१ जना डिस्चार्ज ,१० को मृत्यु

काठमाडौं असोज २४ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोभिड संक्रमण देखिएको जनाएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४०४ जनाको पीसीआर तथा एन्टिजिन परीक्षणका क्रममा उल्लेखित संखयामा संक्रमित पहिचान भएको हो।

त्यस्तै यसवीचमा ८७१ जनामा सङ्क्रमण मुक्तहुनुको अलावा १० जना संक्रमितको मृत्यु भएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको मन्त्रालयले जानकारी दिएको छ।