शुक्रबार, चैत्र १६, २०८०

देशभर ५१३ जनामा कोभिड संक्रमण पहिचान हुँदै गर्दा ८१७ डिस्चार्ज

काठमाडौं कात्तिक ६,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ५१३ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। देशभरका प्रयोगशालामा ४ हजार ९७२ जनाको पिअिसार परीक्षणको क्रममा गर्दा ४३८ र १ हजार ९५९ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जना गरि उल्लेखित सख्यामा संक्रमितको पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले देशभरबाट ८१७ संक्रमित उपचारपछि डिस्चार्ज भएको जनाउदै यसवीचमा ८ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ।साथै देशभर रहेका १० हजार ५५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।