शुक्रबार, बैशाख ७, २०८१

देशभर १ हजार ६६ जनामा कोभिड संक्रमण , १३ को मृत्यु

काठमाडौं असोज १५ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। देशभरका प्रयोगशालामा गरिएको १३ हजार ३६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणको क्रममा परीक्षण तर्फ ८९८ र एन्टीजेन परीक्षणको क्रममा १६८ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै आज देशभरबाट ९३८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। भने १३ जना संक्रमितको मृत्यु भएको मन्त्रालय ले जनाएको छ।

साथै देशभर रहेका कुल १८ हजार ११५ जना सक्रिय संक्रमित मध्ये ३५४ जनाको आइसियुमा र ११६ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ।