शनिबार, बैशाख ८, २०८१

थप ७८५ जनामा कोभिड भाइरसको संक्रमण पुष्टि , १२ को मृत्यु

काठमाडौंअसोज २५ ,
पछिल्लो २४ घण्टामा थप ७८५ जनामा कोभिड भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ७ हजार २३३ जनाको पीसीआर र ४ हजार ९६२ जनाको एन्टिजेन गरी १२ हजार १९५ जनामा गरिएको परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो ।

मन्त्रालयका अनुसार हाल देशभर १४ हजार ७८७ जना सक्रिय संक्रमित रहेको र यसमध्ये पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै यसवीचमा १२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।