बिहिबार, बैशाख १३, २०८१

तिहारसके लगत्तै १२ वर्षमाथिका बालबालिकालाई फाइजरको पहिलो डोज लगाइने

काठमाडौं कात्तिक १२,
कोभिड विरुद्धको अमेरिकी सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त भएको फाइजर–बायोएनटेकको पहिलो डोज खोप तिहार पछि १२ वर्षमाथिका बालबालिकालाई लगाइने भएको छ ।

बालबालिकालाई खोप लगाउन काठमाडौँ उपत्यकाका ९ र उपत्यकाबाहिरका १५ गरी जम्मा २४ वटा अस्पतालमा व्यवस्थापन गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारीदिनभएको छ।

त्यस्तै उहाँले कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त फाइजर–बायोएनटेकको एक लाख ६२० डोजले लक्षित सवै वालवालिकालाइ नपुग्ने भएकाकारण तत्काललाइ १२ वर्षमाथिको उमेर समूहका वालवालिकासंगै दीर्घरोग भएकालाई समेतलाइ पनि २४ वटा अस्पतालबाट मात्र खोप दिइने तयारी भएको बताउनभयो ।

साथै उहाँले यसवीचमा अर्को खोप आइपुग्नेसंगै खोप अभियानलाई विस्तार गरिने मन्त्रालयले जनाइएको छ ।